Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : छानबिनका लागि आवश्यक कानुनबारे समितिमा छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानबिनका क्रममा आइपर्ने कानुनीलगायत विविध पक्षहरुमा सरोकारवाला निकायसँग छलफल गरेको छ।

संसद भवन बानेश्वरमा बसेको समिति बैठकले कानुन मन्त्रालय र कानुन आयोगका सचिवसहितका पदाधिकारीसँग छानविनका क्रममा आइपर्ने कानुनी लगायतका विषयमा छलफल गरेको हो ।

समितिको कार्यादेशसँग सम्बन्धित विषयहरुमा कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतमा उठेका प्रश्नलाई हल गर्ने प्रयास समेत भएको समिति संयोजक सुर्य थापाले बताए।

उनले छानविन,कारबाही सिफारिस लगायतका व्यवस्थामा विद्यमान संवैधानिक अवस्था र यसअघिको अभ्यासका बारेमा स्पष्टता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077