Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त

काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् ।

नेपाली सेनाको समरी सैनिक जनरल अदालतले महासेनानी  मल्ललाई बर्खास्त गरेको हो ।

महासेनानी मल्लको कागजपत्रमा कैफियत देखिएपछि सैनिक अदालतले भविष्यको लागि अयोग्न नठहरिने गरी सेवाबाट अगल गरिने फैसला गरेको छ।

मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत थिए ।

सैनिक अदालतले मल्लको कागजपत्रमा कैफियत देखिएको उल्लेख गरेको छ ।

मल्लको उमेरलाई लिएर सैनिक मुख्यालय जंगी अड्डामा उजुरी परेपछि काठमाडौं बोलाइएको थियो ।

त्यसपछि सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेर अनुसन्धान गर्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077