Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि तयार

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले कार्यविधि तयार पारेको छ।

समस्यामा परेका सहकारीहरूको छानबिनका लागि गठन भएको समिति ले के के गर्न पाउने भन्दै कार्य क्षेत्र तोकेको हो ।

कार्यविधि अनुसार सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिताको विषयमा समितिले अध्ययन गर्नेछ ।

यस्तै जोखिममा रहेका र दुरुपयोग भएको बचतको छिटो र सरल फिर्ता कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि समितिले अध्ययन गर्न पाउनेछ ।

गोरखा मिडिया लगायत अन्य कम्पनी वा संस्थाबाट प्रवाह भएको रकमको अवस्था, गैरकानुनी रूपमा रकम प्रवाह भएको/नभएको अध्ययन गरी रकम जोखिममा पार्न संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने सम्मको काम अध्ययन समितिले गर्नुपर्नेछ ।

समितिले कुनै पनि सदस्य संयोजक रहने गरी उपसमिति तथा कार्यदल गठन गर्न सक्ने अधिकार कार्यविधिले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077