Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भक्तपुरमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा सुमो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् ।

घर्तीलाई भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले गाडीका चालक काभ्रेको धुलिखेल-९ का ५४ वर्षीय मधुकर केसीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077