Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सात हजार बढी छाउगोठ भत्काए पनि कुरीति अझै चलिरहेको छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सात हजार पाँच सय ४५ वटा छाउ गोठ भत्काएको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले यस्तो बताएकी हुन् । सांसद राणाले छाउपडी कुरीति अझै चलिरहेकोले जनचेतना फैलाउने अभियान सञ्चालन गर्न माग गरिन्।

सांसद राणाले भनिन्,‘करिब ८ वर्ष पहिले पनि मैले छाउ गोठमा सर्पले डसेर मरेको एक छोरीको बारेमा बोलेको थिएँ। असार ३ गते अछाममा छाउगोठमा एक छोरीलाई बलात्कार भयो। यस्ता घटना घट्ने क्रम देशमा चलिरहेको छ । सरकारले ३ वर्षमा सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काए पनि यो कुरीति चलिरहेको छ। यसविरूद्ध व्यापक जनचेतना अभियान चलाउन सरकारलाई अनुरोध गर्दछु।’

उनले २०७५ सालदेखि २०७८ सालसम्म सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काइएको बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077