Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुशील प्याकुरेलद्वारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

काठमाडौं । दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।

बिना सल्लाह दक्षिण कोरियाको राजदूतमा आफ्नो नाम आएको भन्दै प्याकुरेलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले पद अस्वीकार गर्दै सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताएका छन् ।

प्याकुरेलले वक्तव्य जारी गर्दै भनेका छन्, ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले म प्रति देखाएको विश्वासका लागि धन्यावाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनु हुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत दर्ता गराइसकेको छु ।’

राजदूत बन्नु अगाडि परराष्ट्र मन्त्रालयले कुनै सोधिखोजी र जानकारी नलिएको, पृष्ठभूमि, कार्यदक्षण, रुसी तथा सम्बन्धित देशको बारेमा जानकारी भएको वा नभएको नसोधी नियुक्त गरिएको भन्दै उनले सार्वजनिक गरेको वक्तव्यमा बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077