Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आफैँ फस्ने डरले गृहमन्त्री जीबी राईलाई पक्राउ गर्न अग्रसर देखिएनन् : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अहिलेसम्म बोलेका कुनै कुरा दिगो र सत्य नभएको टिप्पणी गरेका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले सो टिप्पणी गरेका हुन् । गृहमन्त्री कुरा बढी, काम उल्टो गर्ने बाटोमा हिँडेको उनले बताए ।

‘जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने’ धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको उनको भनाई छ । उनले जीबी राईलाई पक्राउ गर्न गृहमन्त्री अग्रसर नदेखिएको आरोप लगाए ।

उनलाई पक्राउ गरी अनुसन्धान भए गृहमन्त्री लामिछाने आफैँ फस्न सक्ने डर रहेको डा. महत बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077