Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन महिनाभित्रै त्रिविको नतिजा प्रकाशित हुने शिक्षामन्त्री सुमनाको दावी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अबदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नतिजा तीन महिनाभित्रै प्रकाशित हुने दाबी गरेकी छिन् ।

आइतवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेको विषयको उनले जवाफ दिँदै यस्तो दाबी गरेकी हुन् ।

उनले भनिन्, ‘त्रिविको नतिजा तीन महिनाभित्र प्रकाशन गर्ने गरी कामको विकेन्द्रीकरण गरिएको छ, त्रिविले यसका लागि काम थालिसकेको छ‚ अब नतिजा प्रकाशनमा ढिलाइ हुँदैन।’

त्रिविले परीक्षा लिएको १५ महिनासम्म नतिजा प्रकाशन गर्न नसक्दा वर्षेनि आलोचना र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077