Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सांसद पौडेलको प्रश्न- सरकारमै बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारमा रहेकाहरूबाट अराजक र लज्जास्पद अभिव्यक्ति आएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । सरकारले नै संसदलाई हेपेको सांसद पौडेलले आरोप लगाए।

सांसद पौडेलले भने, 'गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदभित्र रहेको अभिव्यक्ति दिनुभयो। हिजो रक्षामन्त्रीले पदीय मर्यादाविपरीत छ। प्रधानमन्त्री मेरो निर्देशन मन्त्रीहरूले माननेन् भन्नुहुन्छ। प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाको कुरा के हुन्छ। '

सांसद पौडेलले सबैभन्दा बढी बजेट हुने भौतिक पूर्वाधार मन्त्रालयदेखि सबैभन्दा कम बजेट हुने ज्येष्ठ नागरिक मन्त्रालयसम्मका बजेट मन्त्रीकै क्षेत्रमा बढी लगिएको बताए।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदमा रहेको अभिव्यक्ति दिएको र रक्षामन्त्री हरि उप्रेतीले आइतबार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गरे ।

सांसद पौडेलले भने, 'सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो? यो देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ?'

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले आफूले भनेको नमानेको कुरा बताएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077