Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सकियो

काठमाडौँ । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सकिएको छ ।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागी सि.सं. १२ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आइतबार सकिएको हो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मुख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताए ।

यस तालिमले शिक्षार्थी अधिकृतहरूमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरूको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077