Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कास्कीमा पहिरोमा परी दुई जनाको मृत्यु

पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालक अनमोलको निधन भएको छ भने मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर छोरी आयुश्माको निधन भएको छ ।

यतिबेला पोखरामा चट्याङसहित भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077