Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077