Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लिखुमा यात्रुबाहक बस दुर्घटना

रामेछाप । रामेछापमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

जिल्लाको लिखु तामाकोसी गाउँपालिकास्थित बिर्ता लामपानीमा आज बिहान अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

बस खिम्ति केउरिनि हुँदै मन्थली जाँदै थियो । घाइतेलाई उद्धार गरी उपचारका अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077