Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री भाट बैतडीमा, गरे वडा कार्यालयको उद्घाटन

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री ओमविक्रम भाट 'सरल' यतिबेला बैतडीमा छन्।

मन्त्री नियुक्त भएपछि पहिलोपटक पहाड भ्रमणमा रहेका भाट आज बैतडीको पाटन नगरपालिका-८ स्थित सिद्देश्वर पुगेका हुन्।

त्यहाँ पुगेका मन्त्री भाटले आजै ८ नम्बर वडा कार्यालयको प्रशासकिय भवनको उद्घाटन गरेका छन्।

उनले सुदूरपश्चिम प्रदेश सरकार र पाटन नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उक्त वडा कार्यालयको प्रशासनिक भवनको एक कार्यक्रमकाबीच समुद्घाटन गरेका हुन्।

सो कार्यालयले यस अगाडि संरचना भाडामा लिएर सेवा सञ्चालन गर्दै आएको थियो। तर अहिले भने आफ्नै संरचना निर्माण गरि आफ्नै भवनबाट सेवा सञ्चालन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077