Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्याङ्जामा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ ।

फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जिटी र उनकी तीन बर्षकी छोरी निकिसा जिटीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरिएको छ ।

घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077