Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप क्रिकेट फाइनल : दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत फाइनलमा जारी फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

खेलको निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारतले १७६ रन बनाउन सक्यो ।

दक्षिण अफ्रिकाविरुद्ध फाइनलमा उत्रिएको भारत वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ रोजेको थियो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रनको योगदान गरे । त्यसअघि, भारतले कप्तान रोहित शर्मालाई व्यक्तिगत नौ, सूर्यकुमार यादवलाई तीन रन र ऋषव पन्तलाई शून्यमा गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077