Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ ।

वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै भारतले विश्वकपको उपाधि चुमेको हो ।

भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो ।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए। त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाए।

भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २-२ विकेट र अक्सर पटेलले एक विकेट लिए।

यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए ।

रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए। त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका केशव महराजा र एनरिर्च नोर्ट्जेले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077