Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी– ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन् । भारतले शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि शर्मा र कोहलीले सन्यासको घोषणा गरेका हुन् ।

’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो‌ समय हो।’

भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए ।

छैटौं पटक टि ट्वान्टी विश्वकप खेलेका विराटले प्लेयर अफ बनेपछि भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले अगाडि बढाउनु पर्छ। यो‌ मेरो अन्तिम टी–ट्वान्टी विश्वकप हो।’

शनिबार ब्रिजटाउनमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै १७ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077