Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदिरा पिएर लठ्ठ प्रहरीका सई कार्यालयबाटै समातिए

कैलाली । कैलालीमा नेपाल प्रहरीकै एकजना सई प्रहरीको हिरासतमा पुगेका छन् ।

ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार बेलुका उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

सादा पोसाकमा रहेका उनले स्थानीयलाई गाली गरेको समेत आरोप छ । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077