Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरी र उदयपुरमा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । सप्तरी र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तरीको खाडो नदी, पूर्व पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

दुधौरा, पसाह, लालबकैयालगायत उक्त क्षेत्र भएर बग्ने अन्य खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन विभागले सचेत गराएको छ ।

उदयपुरमा पनि भारी वर्षा भएको छ । सुन्दरपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । तटीय क्षेत्रमा सतर्क रहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077