Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - नयाँ समीकरणमा अरू दललाई पनि समेट्छौं

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताअनुसार नयाँ गठबन्धनमा अरू दलहरूलाई पनि समावेश गर्न सकिने बताएका छन् ।

कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । प्रवक्ता महतले आलोपालो नेतृत्व गर्ने समझदारी एमालेसँग बनेको बताए।

प्रवक्ता महतले भने,‘कांग्रेस र एमालेबीच सरकार निर्माण गरेर सँगै अघि बढ्ने सहमति भएको छ। त्यसमा आवश्यकताअनुसार अरू दलहरूलाई पनि समावेश गर्न सकिने भएकोले राष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ । सरकारको नेतृत्व भने केपी ओलीजी र सभापति शेरबहादुर देउवाजीले आलोपालो गर्नुहुन्छ।’

उनकाअनुसार देउवा र ओलीबीच 'सैद्धान्तिक र व्यवहारिक सहमतिमा नेतृत्व आलोपालो गर्ने गरी हस्ताक्षर भएको' छ। यो सरकारलाई आगामी आम निर्वाचनसम्मै लैजाने विषयमा पनि समझदारी बनेको प्रवक्ता महतले बताए।

प्रवक्ता महतले गए राति राष्ट्रपतिलाई भेट्न सभापति देउवा र ओली पुगेको भन्ने विषयमा सत्यता नभएको पनि दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077