Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरमा खुकुरी प्रहार गर्ने राजेशले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा मनोज बाँनियामाथि खुकुरी प्रहार गरी फरार भएका राजेश केसीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

ललितपुरकै भैसेपाटी घर भएका बाबा भनेर चिनिने केसीले व्यवसायी बाँनियामाथि असार ७ गते खुकुरी प्रहार गरेका थिए ।

आत्मसर्मपण गरेका केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

केसीले खुकुरी प्रहार गर्दा बाँनिया घाइते भएका थिए । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077