Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा । सिरहाको खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका थिए ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077