Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस र एमालेबीचको गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस र एमालेबीचको सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय गरेको छ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबाट ब्रिफिङ गरेको बताएका थिए ।

कांग्रेसले राप्रपा, लोसपासहित दलहरूसँग मंगलबार छलफल गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारलाई राष्ट्रिय सहमतिको सरकारका रूपमा अघि बढाउन साथ दिन आग्रह गरेको थियो।

प्रतिनिधि सभामा लोसपाका चार जना र राष्ट्रिय सभामा एक जना सांसद छन्।गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपछि सरकारमा जाने नजाने अहिले कुनै निर्णय नगरेको लोसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077