Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपाले भन्यो - महामन्त्री ढकालको प्रतिवेदन पार्टीले ग्रहण गरेको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले ग्रहण नगरेको नेता सन्तोष परियारले बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

बुधबार केन्द्रीय समितिको बैठक बहिष्कार गरेर हिँडेका महामन्त्री ढकालको प्रतिवेदन सभापति रवि लामिछानको ‘सदासयता’मा वाचन मात्र गरिएको बताइएको छ ।

बैठकमा पट्टी बाँधेर बसेका महामन्त्री ढकालले ल्याएको प्रतिवेदन कविन्द्र बुर्लाकोटीले वाचन गरेर सुनाएका थिए । तर त्यसलाई पार्टीले ग्रहण भने नगरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077