Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

महामन्त्री ढकालको आरोप - गृहमन्त्रीले प्रहरीको सरुवा र बढुवामा आईजीपीलाई डमी बनाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ‘डमी’ बनाएको आरोप लगाएका छन् ।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले नेपाल प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री रविले आईजीलाई डमी आईजीको रुपमा प्रयोग गरेको आरोप लगाए ।

उनले भने, ‘एआईजी बढुवा गर्दा एकदिनको बढुवा गर्दा आइजी थुपार्नु भएको छ। डीएसपीदेखि साराको बढुवामा आईजीलाई डमी आईजीको रुपमा प्रयोग गर्नु भएको छ ।'

रविको चरित्रबारे बुझ्न आईजीपी र गृहसचिवलाई सोध्दा पनि हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077