Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप विजेता भारतले आज विजयी उत्सव मनाउँदै

एजेन्सी । टी–२० विश्वकप विजेता भारतीय टोलीलाई आज मुम्बईमा भव्य स्वागत गरिने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई आज विजयी र्‍याली गराइने भएको हो ।

क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म विजय उत्सव मनाउँदै र्‍यालीमा सहभागी गराइने छ ।

वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077