Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धन फेर्दै प्रचण्डले कांग्रेस र एमालेलाई आजित बनाए : शेखर कोइराला

पर्सा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्रले कांग्रेस र एमालेलाई आजित बनाएको बताएका छन् ।

कांग्रेस पर्साले वीरगञ्जमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

गठबन्धन फेर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेलाई आजित बनाएको बताए ।

नेता कोइरालाले अब राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताए। उनले अहिले रहेको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष मात्रै राख्नुपर्ने बताए।

नेता कोइरालाले भने, ‘कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले। एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं। दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो। त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हो।’

एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको पनि उनले बताए।

एमालेसँग केही समयअघि नै कांग्रेसले समीकरण गर्नुपर्नेमा ढिलो भएको पनि कोइरालाले बताए।

संविधानमा त्रुटि भए पनि यसलाई धेरै चलाउन नहुने नेता कोइरालाले बताए। सबैको आफ्ना चाहना हुने र थेग्न नसकिने पनि उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077