Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय छानबिन समितिले गृहसचिव र आईजीपीसँग छलफल गर्ने

काठमाडौं । सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई छलफलमा बोलाएको छ ।

देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको हो ।

आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको संयोजक सूर्य थापाले बताए ।

सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने संयोजक थापाको भनाई छ ।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

समितिले आज महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो ।

समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको छानबिन विशेष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077