Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समस्याग्रस्त २९ सहकारीका सञ्चालकलाई छानबिन समितिमा उपस्थित हुन निर्देशन

काठमाडौं । सहकारीको वचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकहरुलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।

समितिका सभापति सूर्य थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीलाई छानबिनमा सहयोग आग्रह गरिएको बताए।

सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उनले उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने बताए।

समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई समेत शुक्रबार बस्ने बैठकमा उपस्थित हुन भनेको छ।

बैठकले समितिको कार्यक्षेत्रमा परेका २९ वटा सहकारीहरुका विषयमा छलफल गर्दै ती सहकारीका सञ्चालकहरुलाई समितिको अनुसन्धानमा सहभागी भएर सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077