Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारमा मुख्य साझेदार दल एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

साथै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेका छन् । संसदीय दलको बैठकले समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय गरेको हो ।

एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । एमालेबाट सोडारी सरकारमा तीन जना मन्त्री छन् ।

सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, विरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिलामन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077