Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अशोक राई नेतृत्वको जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई दिएको समर्थन फिर्ता लिने जनता समाजवादी पार्टीले निर्णय गरेको हो।

यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077