Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्।

मधेस प्रदेशसभाबाट मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले विश्वासको मत पाएको हो।

१०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।

उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए ।

२८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए ।

तर केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ ।

मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।

जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीलगायतले भने विपक्षमा मतदान गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077