Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सप्तकोसी नदीमा जलसतह बढ्दै, ४१ ढोका खोलिए

सुनसरी । सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ ।

आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077