Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुई जनाको खोजी गरिँदै

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो ।

पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए ।

पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।

घाइतेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077