Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अब पहिरो पन्छाएजसरी यो सरकारलाई पनि पन्छाउनुपर्छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडकबाट पहिरो पन्छाएजसरी अहिलेको सरकारलाई पनि पन्छाउनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

सांसद खतिवडाले पहिरोले सडक अवरूद्ध गरेको जस्तै अहिलेको सरकारले पनि नयाँ सरकार बन्ने बाटो छेकेर बसेको बताए।

सांसद खतिवडाले भने,'देशव्यापी रूपमा पहिरो पन्छाएजस्तै यसलाई पनि छिटोभन्दा छिटो पन्छाउने काम गर्नुपर्यो। होइन भने बाटो छेकेजस्तो भएको छ।'

उनले ओखलढुंगाको पहिरे खोलामा तत्काल पुल निर्माण प्रक्रिया अगाडि बढाउन पनि माग गरे।

पुल बनाउन टेण्डर आह्वान भएर पनि रद्द भएपछि मानिसहरूलाई आवातजावतमा समस्या भएकोले तत्काल पुल निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077