Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृहमन्त्री लामिछाने एक्सनमा उत्रिएपछि सरकार परिवर्तन भयो : गणेश पराजुली

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले गृहमन्त्री रवि लामिछाने एक्सनमा उत्रिएपछि भ्रष्टाचारीहरु अत्तालिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पराजुलीले यस्तो बताएका हुन्। सांसद पराजुलीले गृहमन्त्री लामिछाने एक्सनमा उत्रिएपछि त्यसबाट अत्तालिएका दलहरूले सरकार परिवर्तन गरेको आरोप लगाए।

सांसद पराजुलीले आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरूद्धको कारबाहीबाट जोगाउनकै लागि दलहरूले सरकार परिवर्तन गरे।

सांसद पराजुलीले भने,'प्रतिपक्षमा रहँदा गिरिबन्धुका फाइल खोलौं भन्नेहरू भुटानी शरणार्थी प्रकरणको कारबाही प्रक्रिया अगाडि बढाउनेबित्तिकै अब हामी बँच्दैनौं, गृह मन्त्रालय एक्सनमा उत्रिएको रहेछ भन्ठानेर अब बँचिदैन भन्ने डरले निकै ठूलो डेरा जमाएको रहेछ।'

गिरिबन्धुका फाइल खोल्ने र ‍०४७ साल यताका भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्छ भनेर जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिपक्षले संसदमा दर्ता गराएपनि अहिलेसम्म छलफल नभएको उनले बताए।

सांसद पराजुलीले विपदको बेलामा जनतालाई सरकार भएको महशुस दिनुको सट्टा स्वार्थ पूरा गर्न र निमुखा जनतालाई बाढीमा मर्न छाडिदिएर दलहरू सरकार परिवर्तनमा लागेका बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077