Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिए

काठमाडौं । ललितपुरको सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन्।

मृत भेटिनेमा सोलुखुम्बुघर भएका २१ वर्षीय जीवन निरौला रहेका छन् ।

उक्त गेस्टहाउसमा बस्न भन्दै निरौला शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए ।

आइतबार बिहान साढे ११ बजेसम्म पनि ढोका नखुलेपछि झ्यालबाट हेर्दा उनी मृत भेटिएका हुन् ।

उनी सुतेको कोठामा लागूऔषध एम्पुलहरु समेत फेला परेका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनको शव पोष्टमार्टमा लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077