Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

कैलाली । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आइतवार संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।

‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्य सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौं ।’

सरकारको मुख्य साझेदार दल एमालेले सरकारबाट समर्थन फिर्ता र मन्त्रीहरु बाहिरिएपछि एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका हुन् ।

तर, एमाले र कांग्रेसले राजीनामा मागे पनि आफूले प्रदेशसभामा विश्वासको मत परीक्षण गर्ने बताएका छन् । एमालेले बिहीबार समर्थन फिर्ता लिनुका साथै आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077