Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मौद्रिक नीतिका विषयमा गभर्नरसँग छलफल गर्दै अर्थ समिति

काठमाडौं । संघीय संसद्अन्तर्गत अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077