Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

सञ्चालनमा आयो जयपृथ्वी राजमार्ग

बैतडी । पहिराले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै ठूलो पहिरो गएपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो ।

बिहानदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेसिन प्रयोग गरी अपराह्नपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

आइतबार राति दुईपटक पहिरो गएको थियो । पहिलोपटक गएको पहिरो हटाएर साँझतिर सडक सञ्चालन गरिएकामा फेरि पहिरोबाट सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077