Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नारायणी नदीको किनारमा तीन जनाको शव फेला

नवलपरासी । नारायणी नदीको किनारमा तीन जनाको शव फेला परेको छ।

पूर्व नवलपरासीस्थित नारायणी किनारमा तीन जनाको शव फेला परेको हो।

गैंडाकोट नगरपालिका-१ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्व-नवलपरासीले जनाएको छ।

मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव फेला परेको हो।

मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४०/४५ वर्षीय पुरूष र अन्दाजी ४०/४५ वर्षीया महिला छन्।

उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको हो। मृतक तीनै जनाको सनाखत गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077