Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको रक्षा मन्त्रालयद्वारा ३८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी

एजेन्सी । रुसी सेनाले सीमा नजिकबाट ३८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ ।

मङ्गलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले सो कुरा बताएका हुन् ।

युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत आक्रमणको ठूलो प्रयास गरेको उनले बताए ।

सन् २०२२ फेब्रअुरी सुरु भएको रुस–युक्रेन युद्धमा दुवै पक्षले व्यापक मात्रामा ड्रोन प्रयोग गरिरहेका छन् ।

युद्धमा दुवैतर्फबाट सयौं किलोमिटरको दूरीमा आक्रमण गर्न सक्ने क्षमताका ‘स्व–विस्फोटक’ ड्रोन पनि समावेश गरिएको जनाइएको छ ।

युक्रेनले यस वर्ष रुसमाथिको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले प्रयोग गरिरहेका ‘इनर्जी साइट’, सिमानाका सहर र गाउँ लक्षित आक्रमण गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मेमा युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा आक्रमण सुरु गरको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077