Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरीमाथि हातपात गर्ने वकिललाई कारबाही गर्न अदालतका कर्मचारीको माग

काठमाडौं । काठमाडौं जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रहरीमाथि हातपात गर्ने वकिललाई कडा कारबाही गर्न माग गरेका छन्।

अदालतका कर्मचारीहरूले प्रहरीमाथि हातपात गर्ने कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापालाई कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन् ।

केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेकी थिईन । कर्मचारीले सीसीटीभी फुटेज हेरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

थापाविरुद्ध पीडित भनिएका प्रहरी जवानले जाहेरी दिइसकेका छन् ।

कानुन व्यवसायी थापाले आइतबार अदालतको गेट ३ मा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अपशब्द प्रयोग गर्दै झापड हानेको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077