Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - अस्थिरता निम्त्याइरहने प्रवृत्ति प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधन गर्न दुई ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका छन्।

मंगलबार संसद भवन परिसरमा बोल्दै प्रवक्ता महतले देशका समस्या सम्बोधनका लागि कांग्रेस र नेकपा एमाले एक भएको बताएका हुन्।

उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठीक दिशामा नलैजाने भएकाले कांग्रेस र एमाले मिल्नुपरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको भन्दै महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए ।

संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको उनको भनाइ छ ।

उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस र एमाले मिल्नु परेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077