Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रूकुममा पहिरोले पुरिएका एकजना मृत भेटिए, तीनको उद्धार

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ स्थित दल्ली गैरामा वर्षाको कारण गएराति गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ ।

अन्य तीन जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीका अनुसार दल्ली गैरा गोठमा राति सुतिरहेको अवस्थामा पहिरो जाँदा ४० वर्षीय कर्णबहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षिया तिलसरा बुढा गम्भीर घाइते भएका हुन् ।

सात वर्षीय बालक संगम बुढा भने मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उनीहरूको उद्धार गरेका थिए । थप उपचारका लागि घाइतेहरूलाई जिल्ला अस्पताल रुकुम पूर्व पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077