Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरबाट एकनाले भरूवा बन्दुक बरामद

ललितपुर । प्रहरीले ललितपुरबाट एकनाले भरूवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्लास्टिकको बोराले बेरेर लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको हो।

महांकाल गाउँपालिका ३ गोटीखेलस्थित घाँसे पाखाको एक झाडीमा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

उक्त बन्दुक कसको हो भन्ने खुलेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077