Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अशोक राई नेतृत्वको जसपाले प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने निर्णय गरेको छ।

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्री प्रचण्डले राख्ने विश्वास मत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।

जसपाले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अब बन्ने राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्ने र सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

जनता समाजवादीबाट प्रचण्ड सरकारमा स्वास्थ्य मन्त्री र राज्यमन्त्री तथा वन मन्त्री थिए।

उनीहरूले पदबाट राजीनामा दिएका थिए भने पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077