Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नारायणगढ-मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

चितवन । चितवनको भरतपुरमा पहिरोबाट खसेको ढुंगाले लागेर बसचालकको मृत्यु भएको छ।

भरतपुर-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाइ अचानक माथिबाट पहिरोसँगै खसेको ढुंगा लाग्दा चालक जिल्ला नवलपरासी सुनवल ४ का ३६ को मेघनाथ बिकको मृत्यु भएको हो ।

ढुंगा लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य यात्रु भने सुरक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077