Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको योगेश भट्टराईको दाबी

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको हैसियतले रोष्ट्रममा अब बोल्न नपाइने भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आक्रोश पोखेको बताएका छन् ।

सचिव भट्टराईले प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले संसदमा गलत सूचना दिएको दाबी गरेका हुन् । एमाले सचिव योगेश भट्टराईले प्रचण्डले आक्रोश पोखेको बताए।

सचिव भट्टराईले भने,‘प्रधानमन्त्रीले सदनमा दिएको वक्तव्य सुन्दा आफू कहिले पनि रोस्टममा प्रधानमन्त्रीको हैसियतले अब फेरि भाषण गर्ने दिन फर्किदैन कि भन्ने जस्तो मलाई महसुस भयो। माया पारेको जस्तो पनि मैले महसुस गरे। उहाँ प्रधानमन्त्रीको पदबाट बिदा भइरहँदा उहाँ संसदको सदस्य र पार्टीको नेता कायम नै हुनुहुन्छ। उहाँको जवाफदेहिता आजको मात्र हुँदैन। बाचुञ्जेल जवाफदेहिता बोक्नुपर्छ भनेर बोलेको भए हुने थियो।’

सचिव भट्टराईले देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस र एमाले एक ठाउँमा आइपुगेको दाबी गरे।

एमाले र कांग्रेस सात दशक अगाडिदेखि राजनीतिक संघर्षको इतिहासबाट आएको बताउँदै भट्टराईले दुई दलको अगुवाईमा ठूला ठूला परिवर्तन आएको उल्लेख गरे ।

उनले प्रचण्डलाई आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077